पुष्पा राई
(बादेल, खोटाङ)

१.
सामाजिक सञ्जालले लुट्यो जवानी हेर,
बजारको लुगाझैँ साथ छैन साथी फेर ।
२.
साना साना हातखुट्टा दिमाग त्यो सानो,
लाग्थ्यो चाँडै फेरिन्छ ‘नि चुहिने त्यो छानो ।
३.
सबैको आफ्नो सुर बोल्ने यहाँ को नै होला,
विकासभन्दा निकासमा पैसाको त्यो खोला ।
४.
आफन्त ‘नि अन्तै छुटे भेट्ने फुर्सद कहाँ छ र ?
जिन्दगीको हर मोडमा आफन्तकै हुन्छ भर ।

Facebook Comments Box

Similar Posts