अविनाश श्रेष्ठ
माटो फर्कने छ माटोमै मक्ख पर्दै
पानी पानीतिरै जाने छ रमाउँदै
वायु वायुमै विलय हुने छ नाच्दै–गाउँदै
अग्नि अग्निमै अलमलिने छ भरभराउँदै
अनि अकाशतङ्खव आकाशतिरै अकासिने छ
भेट्न हतारिँदै नक्षत्रहरुलाई
तर
‘म’ – तङ्खव भने शास्त्रहरुले भन्ने गरेझैँ
सक्किने छैन शून्यमा
रहिरहने छ रिक्तताहरुमा, सन्नाटाहरुमा,
सामसुम्महरुमा त्यो
प्रेम गर्नेहरुमा स्मृतिमा, आँसुमा
अडिरहने छ सदाकाल
नयाँ पलाउने कलिला पालुवाहरुको हरियो उमङ्गमा
नयाँ फक्रने फूलका कोपिलाहरुका थरी थरी रङमा
मौसमको पहिलो झरीको थोपा बनेर
ऋतुको पहिलो हिमपातको हिउँका फाल्सामा बौरिएर
पटक पटक फर्किआउने ‘म’ – तङ्खव
समयको अनन्ततामा यसरी
सदासर्वदा रहिरहने छ
‘म’ – तङ्खव !