विमल खतिवडा ‘माइला’

लड लड साथी हो हामीले लड्नैपर्छ
जिन्दगीसँग लडेर नै अघि बढ्नैपर्छ ।

हात बाँधेर बस्दा कहाँ सफलता मिल्ने ?
यसलाई चाख्न शिखरमा नै चढ्नैपर्छ ।

प्रमाणपत्रको ठेलीले हुन्न प्रमाणित श्रेष्ठता
ज्ञानसँग शिष्टाचार भन्ने रत्न पनि जड्नैपर्छ ।

सुनेका कुरामा मात्र किन भर परेर बस्छौ,
तथ्य थाहा पाउन आफूले ‘नि केही पढ्नैपर्छ ।

जिन्दगीमा परिपक्व हुन सजिलो छैन हे मान्छे,
परिश्रम र परीक्षाको आगोमा त सधैँ डढ्नैपर्छ ।

Facebook Comments Box

Similar Posts