विनोद खनाल
(हाल:  सेन्टलुइस, अमेरिका)

बहर: हजज मुसम्मन सालिम
सधैँ चुहने भयो घर यो नछाई राख्न मिल्दैन
निजी इच्छा सबैलाई सुनाई राख्न मिल्दैन ।

सबैको हुन्छ नै आफ्ना नितान्त तीव्र चाहना
बिनाइच्छा जबरजस्ती कजाइ राख्न मिल्दैन ।

उदायो सुर्यको किरण भयो सर्वत्र उज्यालो
बिहानी भो अझै पर्दा लगाई राख्न मिल्दैन ।

विछोडको यादमा जल्दा खरानी हुन्छु झैँ लाग्छ
रसाएका नयनलाई लुकाई राख्न मिल्दैन ।

जमानाका चलनचल्ती समयका साथ उल्टिन्छन्
बुहारीले सधँ घुम्टो झुकाई राख्न मिल्दैन ।

Facebook Comments Box

Similar Posts