- शारदा घिमिरे भैल
अचेल डरलाग्दा सपनाहरुले झस्काउँदा
देश दुखे जस्तै गरी दुखेकी हुन्छु म
शान्तिको कामना गर्दागर्दै नथाकेका ती,
शान्त चेहराभित्र लुकेकी हुन्छु म !
सेताम्य केश फुलेकी हाम्री बुढीआमाहरु
सुनाउँछिन् भोगेका पँधेराको व्यथा,
बुन्दाबुन्दै उध्रिएका सपनाको कथा,
चुरा फुटेसँगै जीवनका सुन्दर रङ
खोसिएका कुरा,
अन्तर्वेदनाका भक्कानिएका गुम्सिएका कुरा,
म मौन छु ! शब्दहरु बोल्न आतुर छन् ।
यहाँ, तुषारापातमा पनि फुलिदिन्छन्
बेगन बेलियाका फूलहरु !


