साकुचा
(दोलखा)
म एउटा कविताको खोजीमा छु
एउटा सुन्दर कविता
शृङ्गार रसमा सजिएको
एउटा तरल कविताको
खोजीमा छु ।
जसको लयमा प्रेम तरङ्गित होस्
जसको हरेक बान्कीमा सङ्गीतमय राग होस् ।
म एउटा कविताको खोजीमा छु ।
शब्दहरुमा मुनामदनको भावको खोजीमा छु
बिदेसिएको मदनको पर्खाइमा लम्बिएको
मुनाको विश्वासको खोजीमा छु ।
र हरफहरुमा पन्डोरा आशमा खोजीमा छु ।
अर्थात्
म एउटा कविताको खोजीमा छु ।
म
एउटा कवितारुपी जीवनको खोजीमा छु
जहाँ शब्दहरु शृङ्गार रसमा होस्
अनि हरफहरुले राग अलापोस्
प्रेम नै प्रेममय होस्
मेरो कविता
म यस्तो कविताको खोजीमा छु ।