दीपक श्रेष्ठ
(नखिपोट, ललितपुर १४)

हो, मलाई बादल हुने मन छ
आकाश छुने मन छ
कहिले
म बनेर बादल
बोकी हिँड्ने छु आँसुको भारी
पीडा सहँदै मनमनै
डुलिहिँड्दै वनवनै
र बर्सिने छु आफ्नै अस्तित्व समाप्त गरी
चिर्ने छु म
जस्तै होस् अन्धकार
जति गहिरै होस् एकान्त
अनि पार्ने छु आफैलाई हलुका फेरि
कहिले बादल बनेर म
उड्ने छु सिमलको भुवासरि
विचित्र चित्रहरु बोकी
डुल्ने छु आकाशको छातीभरि
बटुल्ने छु गरूङ्गो त्यो खुसीको भारी
उडिहिँड्दा माथि माथि
भुईंमा खसाल्न खोजे पनि
डुलिहिँड्दा तल तल
विलीन पार्न खोजे पनि
फेरि पनि मलाई
बादल हुने मन छ
आकाश छुने मन छ
बादल भएरै सधैँभरि
आकाश धुने मन छ ।

Facebook Comments Box

Similar Posts