जीवन आचार्य ‘निश्चल’
(बागमती ११, कर्मैया, सर्लाही)

सधैँ उदास अनि हतार केका लागि
युवा सबै पुगेका कतार केका लागि ।

बेरोजगार अन्त गर्ने घोषणापत्रमा
चल्छ यहाँ चटपटे व्यापार केका लागि ।

ऊ नआउने भनेर गइसकी जीवन
फेरि उनकै यहाँ इन्तजार केका लागि ।

दिन सक्दैन र बाँड्न सक्दैन हौसला
नादान यो सरकार केका लागि ।

जिउँदो या मृतक फरक पाउँदैन ऊ
प्रहार गर्छ लगातार केका लागि ।

Facebook Comments Box

Similar Posts