प्रेम ओझा
(फिदिम २, पाँचथर)
प्रेमिल गजलको रदिफ र काफिया जोडेर आयौ
मेरा लागि तिमी जूनताराको घुम्टी ओढेर आयौ ।
यो जमाना जे पनि भन्छ तिम्रो मेरो सम्बन्धमा
म चाहन्थेँ यही तिमी सारा बन्धन तोडेर आयौ ।
नचाहँदानचाहँदै यो यात्रा मनमौजी हुँदो रै’छ
विश्वास बलियो रै’छ तिमीबिचमै मोडेर आयौ ।
रसिलो अनि मलिलो हुन्छ निकटता र आत्मीयता
दुईपाते भइसक्यो हाम्रो प्रेमाङ्कुर गोडेर आयौ ।
खुब आतुर छन् चिथोर्न यी बदनाम आँखाहरु
त्यो हिम्मतलाई सलाम छ जो भिडमा छोडेर आयौ ।