युगल सुनुवार
(फिदिम, पाँचथर)

तिमीबिना यो जिन्दगी, बिताऊँ अब कसरी
चरी त उडी गयो, यो मन रुन्छ बेस्सरी ।

हाम्रो सपनाको यौटा, सानो घर थियो
आँधी हुरी आएर, सबै उडाइदियो
यो भत्केको घर, सजाऊँ अब कसरी
चरी त उडी गयो, यो मन रुन्छ बेस्सरी ।

तिमी गएदेखि जिन्दगी, बेहाल छ यहाँ
यौटै मन मुटु पनि आज, भयाँ कहाँ कहाँ
जिन्दगी नै चोट रैछ, जिउनु अब कसरी
चरी त उडी गयो, यो मन रुन्छ बेस्सरी ।

 

Facebook Comments Box

Similar Posts