कृष्ण प्रधान
(मञ्जरी भिलेज, इमाडोल, ललितपुर)

कहानीबिनाको जिन्दगी न जवानीको के कुरा
रित्तो छ ठेकी अब मथ्ने मदानीको के कुरा !

भुली गएको बैँससँग पछुताएर के  गर्नु  ?
बिनादर्ताको छ चिठी अब चलानीको के कुरा !

कोही छैन अजम्बरी न जिन्दगीको भरोसा कुनै
पलपल जलेको जवानीमा भिजेको सिरानीको के कुरा !

भष्मि भूतस्य देहस्य पुनरागमनम् कुतः
चितामा जल्यो शरीर शेष खरानीको के कुरा !

रेमिटेन्सले गलायो यौवन मरूभूमिसँगै खाडीमा
कफिनमा फर्कियो बैँस अब चितालाई सलामीको के कुरा !

Facebook Comments Box

Similar Posts