विनोद खनाल

तिमीले गीत जीवनको नगाएको भए हुन्थो
अरूकै हो भने माया नलाएको भए हुन्थो ।

हिजोभन्दा अझै धेरै तिमी मेरो नजिकमा छौ,
अकारण आँसुको थोपा नझारेको भए हुन्थो ।

“कुरा बुझ्दै नबुझ्नेझैँ तिमी दुःखित भयौ होला,
समयको माग हो भन्दै नआएको भए हुन्थो ।

तिमी आफू खुबै राम्री भएरै मस्त छौ अहिले,
अझै राम्रो थियो चुल्ठो नबाँधेको भए हुन्थो ।

दिने हो साथ जीवनमा सधैँ तिम्रो यहाँ मैले,
कसैको यादमा डुब्दै नछाएको भए हुन्थो ।

 

Facebook Comments Box

Similar Posts