डा. समीक्षा ढकाल
आमा तिमी
सृष्टिकी सर्जक
मेरी एक मात्र विश्वविद्यालय
मेरी पहिलीगुरू
मायाकी खानी
करूणाकी सागर
प्रेरणाकी स्रोत
धैर्यकी प्रतीक
आदर्श नारी
जसले कष्ट सहेर
सन्तानलाईसंसार देखायौ
कठिन परिस्थितिसँग जुधी
सन्तान हुर्कायौ
शिक्षा, दीक्षा र कर्ममा निपुण बनायौ
आफू आँसु लुकाएर
सन्तानलाई मुस्कुराउन सिकायौ
आफ्ना इच्छाआकाङ्क्षा बिर्सेर
सन्तानका खुसी र सुखमा रमायौ
त्याग र तपस्याकी प्रतिमूर्ति तिमी
आफू अप्ठ्यारो टेकेर
सन्तानलाई प्रगतिपथमा लम्कनसिकायौ
तिम्रा निस्स्वार्थसङ्घर्षका सामु
सङ्घर्ष स्वयम् लजाउँछ !
तिम्रा सङ्घर्षका प्रत्येक पाइलामा
तिम्रा प्रेम, त्याग र तपस्यामा
सन्तानले सुन्दर भविष्य भेट्छन्
तिम्रा ती चाउरिएका अनुहारमा
ईश्वर रुप देख्छन्
र
तिम्रै पूजा गर्छन् !!