डुकछिरिङ लेपचा
(मिरिक, डुपटिन, भारत)

मैले रोपेको गमलाको फूल कसैले टिपेछ
थाहै नपाई उसले अर्कैसित टाप कसेछ ।

कुरी नै रहेँ म प्रतीक्षामा ढलेछ मायाको घर
मौका छोपेर अर्कैले पस्किसकेको थाल लगेछ ।

रुप मात्रै होइन रूपियाँ पनि हेर्ने समय हो यो
असिम मायालाई उसले खेलौनासित साटेछ ।

कम खर्चमै थाहा पाएछ क्यारे धनको लगानी
त्यही धनको सहारा ली अर्कैलाई खुवाएछ ।

Facebook Comments Box

Similar Posts