कर्ण दयाल सोराडी
(मेलाली ७, बैतडी)
हिजो लुटिएको इमान फिर्ता लिनु छ,
मिचिएको सीमा सान फिर्ता लिनु छ ।
एक मुठी माटो हातमा लिएर उठ,
बेचिएका पानी मुहान फिर्ता लिनु छ ।
खाडीको तातो घाममा तड्पिरहेका,
ती युवाहरुको ज्यान फिर्ता लिनु छ ।
पुस्तौँपुस्तादेखि उधारैउधारोमा,
जोतेको खेतको धान फिर्ता लिनु छ ।
हिजोदेखि उसले लुटेर लगेका हाम्रा,
स्तम्भहरु थानका थान फिर्ता लिनु छ ।