श्रवणकुमार प्रधान
(दार्जिलिङ, भारत)

कति बाहिर डुल्नुहुन्छ, कोही साँझ मनमै डुलिदिनुहोस्
यो प्रेमको गजल पर्यो साहेब एक्लै एक्लै पढिदिनुहोस् ।

जरा काट्नेहरु त आफ्नै हुन्छन् कसलाई दुस्मन सम्झने
यो नयाँ विचार भएको सहर हो ढाडैराखी भेटिदिनुहोस् ।

खडेरी परेको जमिनमा एउटा मर्न लागेको छ बुढो रूख
पानीको अभाव छ महाशय आँसुले हरियो पारिदिनुहोस् ।

हाम्रो यात्रा लामो छ, कठिन पनि छ माया, थाहा छ मलाई
एक कदम म, अर्को तिमी यसरी अघि सँगै हिँडिदिनुहोस् ।

Facebook Comments Box

Similar Posts