दीपक श्रेष्ठ
(नखिपोट, ललितपुर १४)

स्थिर रहेको मनलाई
वेगका साथ
वा सुस्तरी भए पनि
चलायमान बनाउँछ

वरिपरिको वातावरण
मनमोहक बनाउँछ
जीवन्त तुल्याउँछ

मनलाई शीतल बनाउँछ
मनभित्र सुकोमल भाव जगाउँछ
अनि भ्रमित मनलाई बहलाउँछ

मैले खोजेको बस् त्यही हो

त्यही बतास हो
त्यही सुवास हो
त्यही मन हो

मनलाई गतिशील बनाउन
लालायित हुने हरप्रहर
मनलाई चेतनशील पार्न
लागिरहने निरन्तर
यथार्थमा अवतरण गराउन
सधैँ हुने तत्पर

म हरदम कल्पिरहन्छु
साथ रहिरहोस् सधैँ भनी जपिरहन्छु
त्यही बतास, सुवास अनि तिम्रो मन

मनलाई गतिशील बनाउन
लालायित हुने हरप्रहर
मनलाई चेतनशील पार्न
लागिरहने निरन्तर
यथार्थमा अवतरण गराउन
सधैँ हुने तत्पर

म हरदम कल्पिरहन्छु
साथ रहिरहोस् सधैँ भनी जपिरहन्छु
त्यही बतास, सुवास अनि तिम्रो मन ।

Facebook Comments Box

Similar Posts