विवेक दुलाल क्षेत्री ‘दमक’
(दमक ७, बगैँचामार्ग, झापा)
१. यो राजनीति
स्वार्थको रस्साकस्सी
क्यातुके फूल
२. गरूङ्गो मन
खोलाको डिलनेर
झोक्राइबस्छ
३. मान्छे होइन
हैसियत बलियो
ढुङ्गाको सोच
४. प्रमाण के छ ?
तिमी आफ्नै हौ भन्ने
पैसाको भल
५. आमा र बुबा
आकाशका घामजून
इज्जत गर
६. बग्रेल्ती ट्याटु
अङ्ग अङ्ग बिजोग
हिलो रहर
७. यो मोबाइल
समय चपाउँछ
पानी चिसियो
८. विकासे नारा
सुधारको अभाव
आकासे खेती
९. फोस्रो नक्कल
नयाँ चैँ केही छैन
अल्छी पहाड
१०. कुर्सी र कुर्सी
कहीँ नभ’को फुर्ती
गोहीको आँसु
११. तिम्रो सृजना
कोही पढ्दैनन्
अग्ला बिरूवा
१२. अरब मान्छे
सम्झ महासागर
अस्तित्व खोज ।