शेरबहादुर भुजेल
(भीनपा ६, चरिकोट, दोलखा)

हजारौँहजारमा मलाई चुनेर आयौ
माया त दिन सक्छु, अरु के सुनेर आयौ ।

बिर्सन्छु दुनियाँ सारा तिमी सँगै हुँदा,
लगाइदिन्छु अब, वरमाला उनेर आयौ ।

उर्लेर आउँछ एकपटक जवानी सबैलाई,
बग्न सक्थे बैँसका भेलहरु थुनेर आयौ ।

विश्वासघात नगरे है जिन्दगीमा कहिल्यै
जुनी जुनीलाई मायाको डोरी बुनेर आयौ ।

Facebook Comments Box

Similar Posts