विराट किराती
(झापा)

यो बुझ्नू–
स्त्री आगो हो ।

राप/ताप
दुवैको समान हुन्छ ।
नजिक भए पोल्छ
टाढा भए छोड्छ
अर्थात् चिसोले समाउँछ ।

अझ यसो भनौँ
आगो सौन्दर्य हो
आगो विद्रोह हो
आगो सभ्यता हो
समग्रमा आगो जीवन हो ।

हो, त्यसैले म–
यो सृष्टिको सुन्दर सृजना
आगो मन पराउँछु ।

Facebook Comments Box

Similar Posts