दलसिंह ‘अकेला’
(दार्जिलिङ, भारत)
बगर भएर धेरै सहेँ
तिमी खोला बनी बगिदियौ ।
भत्केँ, बाढीको हेपाइ सहेँ
तिमी कुर्ली कुर्ली बगिदियौ ।
तिमीलाई त माया दिए सबैले
मलाई त छोडी बसाइँ सरे ।
तिमीलाई त अमृत सम्झी सबैले
मलाई त पैह्रो सम्झी पर्खाल बुने ।
तिमीलाई त अँजुलीमा राखी तर्पण दिए
मलाई त पैतालाले कुल्ची बेहाल पारे ।
मलाई त गङ्गा सम्झी पाप पखाले
मलाई श्मशान पारी लास जलाए ।


