दीपेन्द्र श्रेष्ठ
(सिन्धुपाल्चोक, स्याउले १: हाल भक्तपुर मिवाछेँ)

भक्तपुरबाट काठमाडौँ जाने लोकल बसमा कमलविनायकबाट एक जना भर्खरकी महिला चढ्छिन् ।
सहचालक र ती महिलाबिच मिठो कुराकानी हुँदै थियो । एकै जिल्लाका उनीहरु बसचालक साहुजीले नसुनोस् भनेर मधुरो स्वरमा कुरा गर्दै थिए । कुरा गराइको हिसाबले उनले नै गाउँबाट सहरसम्म ल्याएर उसलाई काम लगाइदिएको तथ्य खुल्छ ।
मिठो कुरापश्चात् महिला दुधपाटी झर्छिन् । उनी सहकारीमा काम गर्दिरहिछन् । सहचालक भाइ पनि भर्खरैका, भरे राति भेटौँलासम्मको कुराकानी भयो ।
उनीहरुको कुराकानीबाट दुवैको प्रेम दुईपाँच महिनाअगाडि देखिको भन्ने अनुमान लगाउन कठिन भएन ।
झरिसकेपछि महिलाले सहचालकलाई भाडा दिन्छिन् पचास रूपियाँ । सहचालकले पनि भाडा फिर्ता दिन्छन् दस दसका तीनओटा र पाँचका तीनओटा । छोटो दूरीको भाडा बिस रूपियाँ थियो ।

Facebook Comments Box

Similar Posts