इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
(तरहरा, सुनसरी, हाल:काठमाडौँ)

राजेन्द्रमान चञ्चल अस्पताल भर्ना भएको खबर थाहा पाउनेबित्तिकै मधुकर सहज दौडेरै अस्पताल पुग्यो । प्रेसर बढेर चञ्चल ढलेपछि छिमेकीले अस्पताल पुर्एयाका रहेछन् । दुई दिनसम्म मधुकरले चञ्चलको सेवासुश्रुषा गर्यो  र डिस्चार्ज भएपछि घर लिएर आयो । दुईतीन दिनसम्म बिहानबेलुका घरबाट खाना पनि पुर्याइदियो । स्वाभिमानी स्वभावका पुराना लेखक चञ्चलप्रति मधुकरको मनमा श्रद्धाभाव थियो ।
दुवै जना साहित्यकार र छिमेकी पनि भएका नाताले एकअर्काप्रति आत्मीयता थियो । छोराछोरी विदेशमा रमाइरहेकाले नेपालमा एक्लो चञ्चललाई मधुकरले आदर गर्ने मात्र होइन सघाउपघाउ पनि गथ्र्यो । प्रकाशनका लागि रचना  पुर्याइदिने, साँझबिहान आवश्यक परे सघाउन अघि सथ्र्यो । मधुकरले पनि नेपाली साहित्यमा दुई दशकजति बिताइसकेको थियो भने कथा र कविताका गरेर उसका आधा दर्जनजति कृति प्रकाशित भइसकेका थिए ।
‘दाइ, अइले हजुरलाई कस्तो छ ?’ चिया पिउँदै मधुकरले सोध्यो र भन्यो, ‘दाइ, एउटा राम्रो कविता दिनुहोस्, समर्पण पत्रिकाले कविता विशेषाङ्क निकाल्दै छ । म लगेर दिन्छु ।’
‘हुन्छ नि, मधुकरजी । तपाईं नभए मलाई कसले सहयोग गर्थ्यो होला र ?’ चञ्चलले एउटा कविता ल्याएर दिए ।
मधुकर कविता लिएर गयो ।
ऊ जानेबित्तिकै चञ्चललाई नेपाली साहित्य संस्थाका अध्यक्ष त्रिलोकरामको फोन आयो । फोनमा कुशलक्षेमका कुरा भए । त्यसपछि चञ्चल बोल्न थाले, ‘नमस्कार त्रिलोकरामजी, स्रष्टालाई पुरस्कृत गर्न मेरो राय माग्नु भएकोमा धन्यवाद । तपाईंले नाम लिनुभएका सबै स्रष्टाको नामप्रति मेरो पूर्ण समर्थन छ तर मधुकर सहजको नाममा चैँ मेरो चित्त बुझेन है । ऊ अहिले बालखा नै छ । बरू उसको सट्टामा मेरो नाम पो पारित गर्ने हो कि त्रिलोकराजजी……….हि…….हि…….. है त त्रिलोकरामजी, नमस्कार ।’

Facebook Comments Box

Similar Posts