कमल सिलवाल

लगभग ५५ वर्षको, सर्लक्क जिउडाल मिलेको गहुँगोरो । निरन्तर आफ्नै नियमिततामा मस्त र व्यस्त । खुसीको पर्यायजस्तै जीवन बाँचेको एउटा असल र सफल व्यवसायी । नित्य निरन्तर उज्यालो अनुहारका साथ दिनको सुरूआत गर्ने अनि उमङ्गका साथ रातको स्वागत गर्न खप्पिस ऊ अर्थात् एउटा बुबा । यो हिजोको ऊ । आज ऊ सरासर बैठककोठामा छि¥यो अनि सिङ्गै शरीरलाई डङ्रङ्ङ सोफामा फ्याँकेर लमतन्न प¥यो । दिनभरि सायद निक्कै थकाउने कर्ममा व्यस्त थियो । अन्तहीन युद्ध लडेर फर्के झैँ लामो सुस्केरा निकाल्यो । ‘खुइ®य’सुस्केराको आवाज थामिन नपाई फोनको म्यासेन्जरमा घण्टी बज्यो । मन नलागी नलागी उसका हातले फोन निकालेर हे¥यो । हत्तपत्त सुतेको ठाउँबाट उठ्यो । दुवै हातले अनुहार पुछे जस्तो ग¥यो । सकी नसकी हाँसेको जस्तो अनुहार बनायो अनि फोन उठायो । म्यासेन्जरको भिडियो कल ।
‘के छ छोरा हालखबर?’ जबरजस्तीको हाँसोका साथ छोराको म्यासेन्जर कल रिसिभ भयो ।
‘ठिकै छ बाबा, मेरो भिसा थप्नुपर्ने भयो । भिसा थप्न ३६ लाख बैङ्कमा देखाउनुपर्ने एकदुई हप्ताभित्रै।’ बुबाको हालखबर, परिवारको समाचारभन्दा पहिला अस्ट्रेलियामा बस्ने छोरालाई भिसाको म्यादको चिन्ता भएको ठम्याएर होला ‘हुन्छ नि बाबु, म व्यवस्था गरिहाल्छु नि, तिमी किन चिन्ता गर्छौ । तिमीलाई सन्चै त छ नि ।’अनुहार चम्किलो पार्न खोज्दै उसले छोरोलाई सोध्यो ।
‘ठिकै छ बाबाबरू यो कामचैँ अलि चाँडै गर्दिनू है । रात अबेर भइसकेको छ । म अब सुत्छु, ल । गुड नाइट बाबा ।’ फोन काटियो ।
एउटा लामो सुस्केरा फेरि कोठाभरि गुन्जियो । ऊ पूर्ववत सोफामै पल्टियो । एकै छिनमा फेरि फोनको घण्टी बज्यो । फोन हेर्दै नहेरी उठायो, ‘हेलो ।’
‘सर नमस्कार । म फलानो बैङ्कको म्यानेजर बोलेको । खै सर आज आउँछु भन्नुभएको थियो, आउनुभएन । आज पौषको २७ गते भइसक्यो । २९ गतेभित्र त ब्याजको पैसा जसरी पनि बुझाउनुपर्छ है सर । यही भन्नलाई फोन गरेको ।’
उसको उत्तरको अपेक्षाविना फोन काटियो ।
फेरि लामो सुस्केराको आवाज । हतास र उदास सुस्केरा ।
ऊ सोफाबाट उठ्यो । बैठककोठामाएक फन्को घुम्यो । दराजको ऐनामा आफ्नै अनुरहार नियाल्यो । फेरि सोफामा थचक्क बस्यो ।
फोन निरन्तर बज्न लाग्यो । फोनतिर आँखा लगायो । उठाउन मन नलागे जस्तै गरी फोन समात्यो । एकछिन फोनमै एकोहोरियो । अल्छी माने जस्तै गरी फोन उठायो, ‘अँ, भन भाइ ।’
‘सर नमस्कार । अफिसको घरबेटी आउनुभएको थियो । भाडाको कुरा गर्दै हुनुहुन्थ्यो अनि स्टाफहरु पनि मङ्सिरदेखिकै तलब बाँकी छ भनेर गनगन गर्दै हुनुहुन्छ । के भन्ने होला ।’
फोनकर्ताको एकोहोरो कुरा सकिएपछि उसले सोध्यो,‘अनि भाइ आजको कलेक्सन कति छ ?’
उताबाट उत्तर आयो,‘नौ हजार छ सय सत्तरी सर ।’
‘ए हुन्छ म भोलि आएर कुरा गर्छु नि, है ।’
‘हुन्छ सर ।’
नौ हजार छ सय सत्तरी यो अङ्कलाई दोहो¥याईतेहे¥याई भन्यो । ओठ लेप्य्रायो । निधार खुम्च्यायो । मोबाइललाई टेबलमा राख्यो । नजिकैको बोतलको पानी रित्यायो अनि फेरि लामो सुस्केरा । अनि फेरि सुनसान ।
म्यासेन्जरको कलले झस्के जस्तै गरी फोनतिर हे¥यो । फेरि अनुहार उज्यालो बनाउने प्रयास ग¥यो । बनावटी हाँसोका साथ म्यासेन्जरको भिडियो कल रिसिभ ग¥यो, ‘के छ छोरी खबर ?’
‘ठिक छ बाबा । हजुरहरुलाई कस्तो छ ।’
‘हामी पनि ठिक छौँ छोरी ।’
‘अनि नि बाबा, आज हामी साथी साथी घुम्न गएका थियौँ । कस्तो रमाइलो ठाउँ रहेछ बाबा । हजुरहरु होलीको बिदामा काठमाडौँ आइस्यो न, है ?हामी सबै त्यहीँ घुम्न जाने । कस्तो रमाइलो ठाउँ छ । धेरै खर्च नि लाग्दैन । एकदिन एकरातको एक जनाको दश हजार मात्र ।’
‘छोरी यसपालि अलि आउन मिल्दैन कि ।’
‘नाइ बाबा,त्यसो नभनिस्यो है । कहिलेकाहीँ त घुम्नु पनि पर्छ क्या । एक दिनअगाडि नै आइस्यो है । मैले भन्देको छु नि । मेरो दुई जना साथीलाई पनि भनिसकेकी छु मैले त ।’
‘हुन्छ नि छोरी, प्रयास गरौँला ।’
‘प्रयासस्रयास हैन है बाबा, जसरी नि आइस्यो है । अनि मामु खै त ?’
‘मामु बजार गएकी छन् ।’
‘ए…!बाबा, जसरी नि आउनुपर्छ है ।’
‘हुन्छ छोरी ।’
‘ओके बाइ बाबा ।’
‘बाइ छोरी ।’
फोन काटियो ।
नौ हजार छ सय सत्तरी । फेरि यही अङ्क भट्यायो अनि सोफामा थुचुक्क बस्यो । खुइ®य…
आजको ऊ अर्थात् कोरोना कहरले पिल्सिएको व्यवसायी । आजको ऊ अर्थात् एउटा बुबा ।

Facebook Comments Box

Similar Posts