मुरारीराज मिश्र
‘यस्तो कर्मले तिमी पक्कै नर्क जान्छौ बुढा ।’ मन्त्रीपत्नीले च्याँठिँदै भनिन् ।
‘अँ, तैँले भन्दैमा नर्क परूँला नि ! त्यस्तो के गरेको छ र मैले ।’ हाँस्दै पतिले प्रतिप्रश्न गरे ।
‘मैले मात्रै भन्या हो र ! पत्रिका र टिभी पनि हेर्न छाड्यौ कि क्या हँ बुढा ? के के गर्या छौ सबै छरपस्ट छन् नि ! सारा जनता छिःछिः र दुरदुर गर्दै छन्, लाजै मर्दो !’
‘हेर् बुढी, झिँगाको सरापले डिँगा मर्दैन ! म त सिधैँ चित्रगुप्तसँग भेटेर आफ्नो स्पष्टीकरण दिने हो मरेपछि ।’
‘चित्रगुप्तलाई भेट्न त स्वर्ग पुग्नुपर्यो नि, आफ्नो कर्म हेर्दा स्वर्ग जाउँला जस्तो लाग्छ अझै तिमीलाई ! बुढी फत्फताउँदै भान्सातिर पसिन् ।


