राजेशमान के.सी.
(गट्ठाघर २, भक्तपुर)

विश्वव्यापी बनेको छ लागु औषध समस्या ।
नेपाल यसमा अछुत रहने छैन अवस्था ।।

लागु औषध दुव्र्यसनी झन् झन् बढ्दै छ ।
नेपालमा ‘नि यो समस्या जटिल बन्दै छ ।।

लागु औषधले मन–मस्तिष्कमा असर गर्छ ।
मानिसको सोच्ने शक्ति यसले कमजोर पार्छ ।।

गाँजा, स्म्याक्स, अफिम, हेरोइन यसमा पर्दछ ।
यसको दुव्र्यसनले जीवन बर्बाद गर्दछ ।।

युवाहरु बढी गर्छन् लागु औषध सेवन ।
कुलतमा परी बर्बाद पार्छन् आफ्नो जीवन ।।

युवा यसको कुलतबाट टाढै रहनुपर्छ ।
सिर्जनशील र उत्पादनशील काममा लाग्नुपर्छ ।।

लागु औषधको कुलतमा कोही पर्नु हुँदैन ।
आफ्नो जीवन कसैले ‘नि बर्बाद गर्नु हुँदैन ।।

लागु औषध दुर्व्यसनले अपराध पनि गर्छ ।
हत्या, हिंसा, चोरी, लुटपाट गर्न अघि सर्छ ।।

लागु औषध ओसार–पसार पनि अपराध हुन्छ ।
कति देशले यस अपराधमा मृत्युदण्ड दिन्छ ।।

नेपालमा ‘नि यससम्बन्धी बलियो कानुन छ ।
प्रभावकारी कार्यान्वयनको चाहिँ अभाव छ ।।

 

Facebook Comments Box

Similar Posts