यामबहादुर थापामगर
(बागलुङ १०, भकुन्डे, धौलेचउर, बागलुङ)

मलाई बताइदेऊ
मलाई देखाइदेऊ
मलाई सुनाइदेऊ
नेपाल देशमा सपना बुन्ने आधारहरु,
जहाँ बाँझा खेतबारी उब्जाउ बनुन्,
जहाँ उत्पादन गर्ने मर्म बुझोस्,
आयातमा मात्र भर नपरोस् ।

कमिसनको चक्रव्यूहमा
घुम्ने योजनाहरु होइन,
उद्योग खोल्ने सपना बुन्ने नीति बनुन्,
ऋणले आकाश छुन्छ
तर धन मात्र केही घरमा जम्मा हुन्छ,
जनताको काँधमा ऋणको भार
कसरी सम्भव छ समृद्धि ?

नेता धनी, जनता ऋणी
के यही हो विकासको मोडेल ?
जहाँ भ्रष्टाचार सहज,
शुद्ध आचरण कठिन हुन्छ ।
सम्पत्ति शुद्धीकरणको प्रतिवेदन भन्छ —
देश ग्रे जोनमा,
तर प्रचारमा हामी अग्रणी ।
खुसी राष्ट्र, युनेस्को भन्छ ।
अलमलमा छ सत्य र विज्ञापन ।

काठमाडौँ सास फेर्न नसकिने सहर,
योजनाका डम्फुहरु खोल्दा
धुँवा मात्र निस्कन्छ,
तर पनि हामी सपना देख्छौँ ।

Facebook Comments Box

Similar Posts