ध्रुवराज थापा ‘पुरूष’
आफ्नो काखलाई सिरानी हालेर मस्त निद्रामा परेका महादेवलाई पार्वतीले बिउँझाइन् र बिन्ती बिसाइन्, ‘हे नाथ ! मत्र्यलोकमा एक जना पुरूषको निधन भएछ । उसकी श्रीमती र आमाबाबुको ठुलो रूवावासी चलिरहेछ । मलाई असह्य भयो । हजुर गएर केही उपाय गरेर आउनुस् !’
महादेवले भने, ‘मृत्यु प्रकृतिको नियम हो । सबैले स्विकार्नुपर्छ । यस्तो कुरामा मैले हात हाल्नु हुन्न प्रिय ।’
‘सबै जना मृतकको सट्टा आफू मर्न पाए हुन्थ्यो भन्दै छन् ! लौ न प्रभु केही उपाय गरेर आउनुस् !’ पार्वतीले बिन्ती बिसाइन् ।
महादेव कड्किए, ‘यो मान्छेको स्वार्थ बोलेको हो आत्मा होइन ।’


