गोपालकुमार मैनाली

हिजो गाँउमा –
कसैको घरगोठ आगलागी हुँदा
सबै मिलेर –
माटो, पानी, काँचो स्याउलाले छोपेर निभाउँथ्यौँ
बाढीले कसैको घरखेत बगाउँदा
छिमेकी मिलेर राहत बाँडिन्थ्यो
पहिरोले घरखेत लैजाँदा
सहयोगका हातहरु अघि बढ्थे
दुर्घटना, दुःख र बिरामीमा
उद्धारका कैयौँ हात जुटथे
एउटाको दुःखमा अर्का दुःखी हुन्थ्यौँ
आत्मीयता जिउँदो थियो
संवेदना कोमल थियो
नपढाई पढिने अनिवार्य पाठ थियो
मानवीयता

तर खै ! समय परिवर्तन भयो
आजको नयाँ पुस्ता
हरेक घटनालाई मोबाइलमा कैद गर्छ
फेसबुकमा पोस्ट गर्छ
र, भाइरल बनाएर मक्ख पर्छ ।

Facebook Comments Box

Similar Posts