वासुदेव अधिकारी
हिजो
मालिकले काम दियो
तिमीले जीवन दियौ
मालिकले ज्याला दियो
तिमीले पसिना दियौ
सबै ठिकै लाग्थ्यो
बेठिक के थियो भने
तिमीले कहिल्यै ज्याला गनेनौ
आफूलाई हेरेनौ
परिवारलाई सुम्सुम्याएनौ
अक्टोबरको अगलबगलमा
तिमी ब्युँझियौ
म खुसी भएँ
तिमीले आफूलाई हेर्यौ /चिन्यौ
ज्याला गन्न थाल्यौ
समय चिन्यौ
र घडीको माग गर्यौ
म सलाम गर्छु
तिम्रो जाँगरलाई
म अभिवादन गर्छु
तिम्रो समयचेतलाई !
Facebook Comments Box


