शिव रेग्मी प्रणत
घरभरि
माकुराका जालहरू छन्
छरपष्ट सिर्जनाहरू
यत्रतत्र
कैदखानामा बन्दी भएका छन्
मूकदर्शक पुरुषार्थी मान्छे म
जालमा कैद
आफन्तहरू छटपटाएको हेरिरहेको छु
आकाशभरि यानहरू
सभ्यता बोकेर
उडिरेहका छन्
समय
यो अनवरत पानीको क्रमक्रममा
काग पनि
अनवरत कराइरहेको छ
छोरा सपनाहरू
मस्तसँग निदाउन पाएका छैनन्
जीवनको एकनिद्रा
सुख दिन सकिएन
मलाई जीवनभर शान्ति नभए पनि
मात्र निद्रा सुत्ने
वातावरण चाहिएको छ ।
(शब्दाङकुर साहित्यप्रधान मासिकको २०६४ असार अंकमा प्रकाशित)