सागर फुयाल
(बर्लिन, जर्मनी)
असन्तोष उन्नतिको जननी हो
सानैदेखी मान्छेले यही सिक्यो
अफसोच, अरूको विनाशमा पनि उसले
आफ्नो उन्नति देख्यो
उन्नति गर्न मान्छेलाई
आफ्नै बस्ती साँघुरो भो
उ जंगलभित्र पस्यो
टिक्न नसकेर जंगलमा जनावर
त्यो बस्ती बस्तीभित्र पस्यो,
बस्तीको सीमाना बढाउन
मान्छे खोला तिर सर्यो
खोलामा ढुक्क बग्न नपाउदा
बाढी बस्ती बस्ती पस्यो
त्यसैले, जस्ले गरेको हो गल्तीको शुरुवात
सच्चाउनु पर्छ उसैले
मान्छे बस्तीमै रमाउनु पर्छ
खोला, वन चल्छ आफ्नै रीतले
धरती सबैको साझा हो
यहाँ सबै अटाउनु पर्छ
अधिकार मान्छेको मात्र हैन
सबैको हुन्छ, यति होस् पुर्याउनु पर्छ॥