• गोपालकुमार मैनाली

एकान्तका हाम्रा कुरा छन्छन् बज्ने तिम्रा चुरा
सुने छ खै कसले कुन्नि चलाइदियो लाग्ने छुरा ।

रून्झुन वर्षा साउनको मनै हर्ने मात थियो
मनको बत्ती बल्दै गर्दा छेउको दियो निभ्दै थियो
नुनखानीका सागरभित्र बास खोज्ने न्याना कुरा
सुने छ खै कसले कुन्नि चलाइदियो लाग्ने छुरा ।

चट्याङ परी कतै टाढा मुटु बाँध्ने मौका दियो
छालसँगै हेलिएको हामी सवार नौका थियो
सुरू मात्रै हुँदै थिए नसकिने मिठा कुरा
सुने छ खै कसले कुन्नि चलाइदियो लाग्ने छुरा ।

Facebook Comments Box

Similar Posts