• भीष्म उप्रेती

    हावालाई बहनै हतार छ
    पानीलाई बग्नै हतार छ
    युवाहरुलाई सपना टिप्न
    र अर्को सपना देख्न हतार छ
    प्रिवर्तनलाई बदलिन हतार छ
    जन्मन हतार छ कतै
    कतै मर्न हतार छ ।

    यो हतारहरुको बिचमा
    आशाहरुको सानो पसल थापेको छु
    सडक छेउमा !
    र समयलाई बोरा जसरी ओछ्याएर बसेको छु ।

    ग्राहक नभएको खाली पसल छेउमा
    चुपचाप बसेर फुर्सदमा
    हतारहरुको भागदौड हेरिरहेको छु ।

Facebook Comments Box

Similar Posts