भोगेन्द्र लिङ्देन

नयाँ वर्षको बिहानीमा
पूर्व क्षितिजमा उदाउने
लालीमायुक्त घामसँगै
शुरु भईदिउन्
नयाँ अध्यायहरू जीवनमा ।

नयाँ वर्षको आगमनसँगै
सुनौलो घामको
सुन्दर बिहानीमा
मन्द मन्द हावामा
लुकामारी खेल्ने
बसन्तका
नयाँ हरियाली पालुवासरी
सपनाहरूले नयाँ पालुवा फेरिदिउन्
अनि पहिल्याईदिउन्
नयाँ गन्तव्यहरू जीवनमा ।

नयाँ वर्षको आगमनसँगै
जीवन मिर्मिरे बिहानीजस्तै
सुन्दर भईरहोस्
जीवन गोंधुली साँझजस्तै
शान्त भईरहोस्
अनि
मिर्मिरे बिहानी र
गोंधुली साँझमा
चरीहरूको गीतसँगै
सारा दुःस्वप्नहरू बिर्सेर
मनका अँध्याराहरू हटाएर
नयाँ धुनहरूले
नयाँ संगीत भरिदिउन जीवनमा ।

Facebook Comments Box

Similar Posts