सागर फुयाल
बर्लिन, जर्मनी।
अत्यास लाग्ने गरी रात
यति चकमन्न हुनसक्छ भन्ने जानेको भए
निर्दयी अँध्यारोको त्रासमा जून पनि
विराट आकासबीचै
अलप भएको हुनसक्छ भन्ने जानेको भए
हिंड्नुपर्ने बाटोको धमिलो रेखा मेट्ने
हदसम्मको अज्ञानी
रात हुनसक्छ भन्ने जानेको भए
निर्जन हुनसक्छ यो, छेउछाउमा अरू कोही
नभेटिनसक्छ भन्ने जानेको भए
म दिउँसो नै उज्यालोको असीम साम्राज्यबाट
एक मुठ्ठी घाम लुकाएर राख्नेँ थिएँ।
Facebook Comments Box


