कुमारी दीया आर्या
(हल्द्वानी, नैनीताल, उत्तराखण्ड, भारत)

उसले पटक पटक भनिरहन्छे
मलाई झुम्का ल्याइदिनू न
मलाई चुडी ल्याइदिनू न

अरे पगली झुम्का ल्याउने लाइक बन्न त दे
अलि परिपक्व बन्न दे मलाई
मेरो बालापनबाट उठन त दे
मेरो गोजीको खर्चले तेरो इच्छा पूरा हुन गाह्रो छ पगली
मैले तेरो कानमा झुम्का सजाउनु छ
अरे पगली तँ मलाई सानोतिनो कामधन्धा गर्न त दे
मलाई गल्लीको सबैभन्दा ठुलो पसलबाट
झुम्का ल्याउने लाइक बन्न त दे
तँ चुडीको जिद्दी नगर !
म तेरो कानमा झुम्का सजाइसकूँ
यो हक मलाई दे न पगली
तँ मलाई झुम्का ल्याउने लाइक बन्न त दे ।

Facebook Comments Box

Similar Posts