डुकछिरिङ लेप्चा

तिमीले आगो बाल्नू
जानेनौ भने
तिमीभित्रको तिमी
डढेर खरानी हुने छ एक दिन ।
तिम्रो जिब्रो
टाउकोभरि कन्याइरहनुपर्ने जुम्रा पटक्कै होइन ।
तितो, मिठो, टर्रो
अनि
तिमीभित्रको अमिलो गन्हाउने
रोगको गन्धले तिमीलाई
अस्पतालको पुरानो खाटमा
पु¥याउन सक्छ ।
यसैले
नुनको स्वाद लिँदै गर है
कतै नुनको भाउ बढेर
किड्नी त खराब भएको छैन…. !
फेर परिकारको खानामा नुनको स्वाद हराउनु हँुदैन ।
पृथ्वीका किराहरुले
बटुलेर पनि
खान सक्छन्–
तिमी बारीमा हाल्ने युरियाझैँ
पनि हुन सक्छौ ।
तर,
तितो र मिठो स्वाद लिने
समय यति बेला नै हो ।
तिमीले जिब्रोलाई
पसलमा पाउने चुइगम नबनाउनू ।
किनकि तिमी प्रयोग गरी फाल्ने
गिलास होइनौ
तिम्रो जिब्रो
अधर्मको दुनिया
चलाएर फर्काइदिने छु भनी लगेको
सापटी पैसा
उसको घरमा पुर्याइदेऊ है
जिब्रो घरको मूल दैलो हो ।
सफा राखे अतिथि आएर बस्छ
मैला राखे घरको चुल्हामा
पकाएको मासु बेकार हुनेछ ।

Facebook Comments Box

Similar Posts