मणि लोहनी

पग्लिँदापग्लिँदै
सिद्धियो भने हिउँ
बग्दाबग्दै
सकियो भने पानी
र काट्दाकाट्दै
रहेनन् भने रूखबिरूवा

के आउलान् यी मानिसहरु
जो अहिले आइरहेछन् देशविदेशबाट
हेर्न यो आदिम नदी
उक्लिन यो श्वेत हिमाल
र रमाउन यी वनजङ्गल, ताल र चट्टानी पहाडहरुमा ।

भएनन् भने नदी, झरना र तालहरु
रहेनन् भने यी गुम्बा, बस्ती र हिमालहरु
र सकियो भने हरियाली
के बाँच्न सकौँला र हामी आफै पनि ?

Facebook Comments Box

Similar Posts