हरिप्रसाद सिलवाल

हावा र पानी तब जिन्दगानी
धरा र प्राणी रसिलोे कहानी
लाखौँ करोेडौैँ कति वर्ष हुन्छ
सम्झे नि मात्रैै मन हर्ष हुन्छ ।

सौैन्दर्य धर्ती विषले घिसार्यो
ब्रह्माण्ड माथा कसले बिगार्यो ?
हिमाल पग्ल्यो कसले ततायोे ?
समुद्र उम्ल्योे कसले ततायोे ?

रकेट गोेली जसले समात्योे
धर्ती र प्राणी उसले ततायो ।
हत्या र हिंसा जब बन्द हुन्छ
सप्रेम बोेली तब तृप्त हुन्छ ।

मुस्कान रोजौँ हरक्षेत्र आज
विशाल पारौँ हरिया विराज
खोेजौैँ न धर्ती प्रियता उमार्ने
आकाश चुम्दै ममता सिँगार्ने ।

Facebook Comments Box

Similar Posts