दिव्य गिरी
(महालक्ष्मी ५, ललितपुर)

वनजङ्ल मास्छौँ, नदीको बाटो छेक्छौँ हामी
प्रकृतिको सम्पदामा स्वार्थ मात्रै देख्छौँ हामी
न वर्तमानतिर हेर्यौं न त भविष्यतिर सोच्यौँँ
पृथ्वी नै नरहे, भन कहाँ पाइला टेक्छौँ हामी ?

शान्त पाखामा डोजरको दाह्राले कोपर्छौं हामी
खोलानाला जताततै जथाभावी कोतर्छौं हामी
बाढीपहिरो गएर घरखेत बगायो भनेर
भग्नावशेषमाथि बसी अनि शोक गर्छौं हामी ।

कलकल बग्ने नदीमा ढल खसाउने हामी नै
प्राणवायु दिने रूखलाई ढलाउने हामी नै
बिग्रियो पर्यावरण भनी कोकोहोलो किन गर्नु ?
सुन्दर धर्तीलाई कुरुप बनाउने हामी नै ।

Facebook Comments Box

Similar Posts