दीपक लोहनी
(कुरिलो घर, काठमाडौँ)

ला ! खिच्न बिर्सिएछ –
दुःखको तस्बिर ।

फन्फनी घुमियो
कैयौँ बस्ती ।
चढियो भिरपाखा
खसियो भिरबाट
र, भासियो दलदलमा ।

मेरो फुस्किएको खुट्टा तिमी समाउँथ्यौ ।
तिम्रो चुँडिएको मन म गाँस्थेँ ।

कति खेप्यौँ दुःखहरु
कति सह्यौँ पीडाहरु
तर पूरै भुलेछौ –
खिच्न दुःखको तस्बिर ।

Facebook Comments Box

Similar Posts