सञ्जय सुमन
(वसन्तपुर ९, बगेवा, सर्लाही)

नक्सा

सरकार!
तिमीले हावामा
देशको नक्सा कोरिरहँदा
मैले जमिनमा कोरेको
मेरो आङको चित्र
हेर्दै थियो मेरो छिमेकीले
हावा चल्यो
मेरो आङमुनिको जमिन स¥यो
अनि नक्सा पल्टाएँ!

समानान्तर

मैले समुद्रलाई सोधेँ
‘तिमीलाई थोरै बगाएर
हलुका बनाइदिऊँ कि ?’
उसले मेरो आँखामा हे¥यो
मैले आँसु लुकाएँ !!

सुकुम्बासी

मैले थोरै जमिन मागेको थिएँ
अनि थोरै दाउरा–
खुट्टा टेक्न मिलोस्
चुल्हो बाल्न पुगोस् भनेर
सुनेर होला सायद–
आज म सुत्न मिल्ने गरी
जमिन खनिएको छ
अनि जल्न पुग्ने गरी दाउरा।।

Facebook Comments Box

Similar Posts