सागर फुयाल
साथीहरु भन्छन् लेख्छु भन्दैमा लेखिँदैन कविता
उही साथी भन्छन् देख्छु भन्दैमा देखिँदैन सपना ।
हृदयमा भावनाको अविरल नदी बगेपछि
मनभरि वेदनाको सागर सिङ्गै जमेपछि
कागजकलम लेख्न देऊ पानाहरु पुग्दैन कविता
साथीहरु भन्छन् लेख्छु भन्दैमा लेखिँदैन कविता ।
सपनाविना सम्भव छैन बदल्न यो चोला
देख्नेले फेर्छ भाग्य सपना राखी खुला आँखा
निद्रामा स्वर्ग पुगे ‘नि बिउँझ्यो त्यही ओछ्यानमा
उही साथी भन्छन् देख्छु भन्दैमा देखिँदैन सपना ।