सीतादेवी छेत्री
(मणिपुर)

साँघुरिएकोसहरको गल्लीभित्र
बिहानै बिउँझिएपछि
टुक्राहरु मुटुको बनाई
फाइल हातमा च्यापीज्याला खोज्दै
घिसारिँदा–घिसारिँदै
सहरको दफ्तरभरि
दिनहु विवश र लाचार बनी
डाँडापारि पुगेको घाम
फाटे कति जुत्ता
बितिसके कति वर्ष
ढल्किसके जिन्दगी
जागिर जुराएन व्यवस्थाले कतै
तुहिएर गएरचेका सपनाहरु
गुनेको पढेर सबै
तुवालोभित्र हराएर गए ।
आमाबाबाले मिहिनेत गरी
कमाइदिएको त्यो प्रमाणपत्रमा
धमिराले छियाछिया पारी लग्यो
बलिया आशाहरु जम्मैभत्किएर गए
ढुङ्गाका पर्खालजस्तै
साँघुरिएर गइरहेको
यो सहरको भित्रभित्रै ।

Facebook Comments Box

Similar Posts