महानन्द ढकाल

बाहुला सुर्केर, छाती देखाएर तर्साउन नखोज ।
छुरी समाई माथि देखाएर तर्साउन नखोज ।

न सगरमाथा झुक्ला, न शिर झुक्ला कहिल्यै
चुल्ठेमुन्द्रे साथी देखाएर तर्साउन नखोज ।

दुर्गा र काली बन्न सक्छन् मेरी छोरीहरु
आफ्ना छोरानाति देखाएर तर्साउन नखोज ।

पत्थर हो यो मुटु चुम्बकले तान्न सक्दैन
यादहरुको ताँती देखाएर तर्साउन नखोज ।

Facebook Comments Box

Similar Posts