भोला ’विद्रोही’
(सिक्किम, भारत)
बिस्तारै बन्दै छ यो देश हतार किन ?
आफ्नै देश हो बनाउन गद्दार किन ?
कहिलेकाहीँ गल्ती सबैबाट हुन्छ
ख्वामितबाट गल्ती बार बार किन ?
मान पाउनलाई सम्मान दिन्छु भन्दै
यी गधालाई व्यर्थ अख्तियार किन ?
न गोजी छ कात्रोमा लानलाई केही
फेरि अनित्य वस्तुमा अहङ्कार किन ?
Facebook Comments Box