सहिष्णु श्रेष्ठ
(काठमाडौँ विश्वविद्यालय, काभ्रे)
नारी हुन् अवतार
देवी दुर्गा कालीकी
पुजिने लक्ष्मी सरस्वती
पार्वती अनि आदिशक्तिकी
सहनशील, लज्जा स्वाभिमानको
अस्त्रशस्त्र कुकर्म र व्यभिचारको
कमजोर हैन क्षणिक भ्रम हो तिम्रो
पराजित गरेकी महिषासुर, दानव असुरहरुको
सृजनाका स्रोत हुन् निरन्तरता प्रकृतिको
महाशक्ति देवी हुन् अवतार नवदुर्गाको ।
Facebook Comments Box