टीकाराम गोपाल ‘भित्रीकोटी’
(कोलकाता, भारत)

मेरो जिन्दगीमा आज घाम छ न छायाँ छ,
तिमीलाई फौजमा जाने जब फरमान आया छ ।

आँखा आँखामा नै लामो रात मेरो कट्या छ,
तिमीबिना यो यौवन काल मेरा भया छ ।

तिमी आउने गोेटो दुई आँखाले ताक्या छ,
आजकल मेरो बास बारी डिलमा रह्या छ ।

अनजान पाहुनाले जब दैलो खट्खट्या छ,
मन मेरो झस्किन्छ कहीँ मेरो प्रितम आया छ ।

ढोकाबाहिर दुई सिपाही ठिङ्ग डट्या छ,
खबर मलाई मेरो खसम ढलेको दिया छ ।

सुन्नासाथ खबर मेरो आकाश धर्तीमा खस्या छ,
चेतना शून्य दुई नयन मेरो अश्रुधारा बग्या छ,

शव मेरो प्राण प्रियको राष्ट्रध्वजले सज्या छ,
मुटुमाथि शिला राखी बिदा दिनुपर्या  छ ।

Facebook Comments Box

Similar Posts