अरूणबहादुर खत्री ‘नदी’
(बुढानीलकण्ठ ४, पासीकोट, उज्यालोबस्ती, काठमाडौँ)
कसरी भनौँ म यो मनका कुरा
सक्दिनँ जुटाउन सुनका चुरा ।
तिमीदेखि टाढा जाऊँ कसरी
रूवाएमा मन दुख्छ बेसरी ।
म रोए पनि तिमी नाँचिदेऊ
बिग्रिए म खुसी भई बाँचिदेऊ ।
आमाभन्दा धेरै कोही हुँदैन जाती
निस्स्वार्थ माया हुँदैन अरुको साथी ।
ढुङ्गामा पनि फूल फुल्छ
दुःखीको पनि धान झुल्छ ।
यो मनमा छुट्टै आनन्द आएको
सरस्वती माताले विद्या दिएको ।
सरस्वती माताले दिन्छिन् ज्ञान
साहित्य सृजनातर्फ मेरो ध्यान ।
मनमा बसेकी माता सरस्वती
पूरा गर्नु छ आज कति हो कति ।